काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको ज्यान गएको छ।
कीर्तिपुर नगरपालिका– ७ का ६६ वर्षीय प्रेमलाल महर्जनको कुटाइबाट बारको कलैया घर भइ उनकै घरमा डेरागरी बस्ने ४८ वर्षीय शम्भु चौधरीको ज्यान गएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।
शुक्रबार बिहानै भएको विवादमा महर्जनले चौधरीलाई भाटाले हानेका थिए। महर्जनको कुटाइबाट घाइते भएका चौधरीलाई उपचारका लागि कीर्तिपुर मोडल अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो।
चौधरीको घरबेटीसँग पहिलैदेखि विवाद रहँदै आएको र शुक्रबार त्यही विषयमा थप विवाद हुँदा महर्जनले भाटाले हानेको एसपी राठौरले बताए।
उनका अनुसार अहिले मृतक चौधरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगन्ज लगिएको छ।
प्रहरीले भाटा प्रहार गर्ने घरबेटीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताएको छ।

प्रतिक्रिया