गायक राज खम्बु र गायिका सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत युट्यूबमा ट्रेन्डिङमा आएको छ।
मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द संरचना रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुने, अभिनेत्री स्वस्तिमा खड्का र रियाशा दाहालले अभियन गरेका छन्। गायक खम्बु र गायिका वर्माका साथसाथै मिस्टर आरजेले पनि गीतमा स्वर दिएका छन्।
अमेरिकामा रहँदै आएका गायक राज खम्बुले यस अघि कर्कले पात, यही त होला माया, हेरन कान्छी, चारै दिशा लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन्। खम्बु अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रीय रहँदै आएका छन्।
3
Shares

प्रतिक्रिया