काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ।
कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे ध्यानाकर्षण गराएकी हुन्।
काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ।
सो बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो। उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेकाले अहिलेको आदेश महानगरको यो नीति विपरीत छ भनिन्।
‘अर्कोतिर शहरमा संक्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट्याक्ट टे«सिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रण बाहिर जान सक्छ’ उनले भनिन्।
ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रजिअ दाहालले माहामारीका समयमा सो पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए।

प्रतिक्रिया