गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुपष्ट भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षमा थप ६५ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउँसो जानकारी दिएको छ।
शुक्रबार बिहान र दिउँसो गरेर नवलपरासी (सुस्तापूर्व)मा ३३, कास्कीमा १२, लमजुङमा ५, तनहुँमा ११, स्याङ्जामा २ र पर्वतका २ दुई जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७९५ पुगेको छ।

प्रतिक्रिया