निषेधाज्ञा केही खुकुलो भएसँगै काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ।
उपत्यकाका तीन जिल्लामा तीन साता लामो कडा निषेधाज्ञा बिहीबारबाट केही खुकुलो भएपछि चहलपहल हिजोअस्तीको तुलनामा निकै बढेको हो।
उपत्यकाको सडकमा बिहीबार बिहानैदेखि सवारी साधनको चाप बढेको छ भने पसल पनि सञ्चालनमा आएका छन्। आजबाट निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा स सञ्चालन गर्न दिइएको ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।
‘निजी सवारी साधन र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन आजदेखि जोरबिजोर प्रणालीमा सञ्चालन हुनेछन्,’ बिहीबार बिहान ढकालले नेपालखबरसँग भने, ‘ट्याक्सीमा पनि जोरबिजोर लागू गरिएको छ। चालकसहित ३ जना मात्र बस्न पाइनेछ।’
सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र कुल सिट संख्याको आधामा मात्र यात्रुलाई चडाउन दिइने उनले बताए।
तर, मालवाहक सबारी साधनमा भने जोरबिजोर लागू नहुने उनको भनाई छ।

प्रतिक्रिया