ad ad

समाज


चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा, सीमामा भयो दोहोरो फायरिङ

चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा, सीमामा भयो दोहोरो फायरिङ

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ०:८,

चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा बढेको छ। सोमबार सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच दोहोरो फायरिङ भएको हो।

दुवै देशका सैनिकले एकअर्कालाई पहिले फायरिङ गरेको आरोप लगाएका छन्।

चिनियाँ सैनिकले भारतीय सैनिकले पहिले वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाइ उधृत गर्दै भनेको छ, ‘स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि प्रतिकार (फायरिङ) गर्न बाध्य भयो।’

भारतीय समाचार एजेन्सी एएनआईले पनि पूर्वी लद्दाखमा फायरिङ भएको उल्लेख गरेको छ।

कतिपय मिडियाले भने पहिले चिनियाँ सैनिकले फायरिङ गरेपछि भारतीय सैनिक त्यसको जवाफ दिन बाध्य हुनुपरेको दाबी गरेका छन्।

यसअघि केही दिनअघि मात्र दुई देशका सैनिकबीच झडप भएको थियो। तर यस क्रममा के कति हताहती भयाे भन्नेबारे दुवै देशले अहिलेसम्म केही बताएका छैनन्।

गत जुन १५ मा पनि हतियारहित भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए। त्यसपछि दुई देशका सैनिकबीच पटपटक वार्ता गरी सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भए पनि पुनः तनाव सुरु भएको हो। 

विशेष कुरा-  सन् १९७५ पछि सीमामा भारत र चीनका सैनिकबीच याे पहिलाेपटक फायरिङ भएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .