ad ad

ग्लोबल


‘हाइसेन’ आँधीबाट जापानमा ११ लाख प्रभावित

‘हाइसेन’ आँधीबाट जापानमा ११ लाख प्रभावित

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ०:४४,

दुई दिनअघि जापानमा आएको शक्तिशाली आँधीबाट ११ लाख नागरिक प्रभावित भएका छन्।

आइतबार जापानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली समुद्री आँधी आएको थियो। ‘हाइसेन’ नाम दिइएको यो आँधीबाट विस्थापित भएका दक्षिण पश्चिम क्षेत्रका बासिन्दालाई सरकारले तत्कालै अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको छ।

१७२ किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीको कारण ठूलो वर्षासमेत भएको थियो। आँधीबाट विस्थापित भएकाहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोसिमामा सार्ने तयारी सरकारले गरेको छ।

जापानमा शक्तिशाली आँधी ‘मेसक’ आएको केही दिन नबित्दै हाइसेन आएको हो। आँधीका कारण हवाइ उडान, उद्योगधन्दा र विद्यालय बन्द भएका छन्।

जापानमा नियमित रूपमै ठूला आँधी र तुफानहरु आउने गर्छन्। ग्रीष्म याममा जापानमा धेरै आँधी आउने गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .