समाज


गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो, संक्रमितको संख्या २५ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो, संक्रमितको संख्या २५ सय नाघ्यो

नेपालखबर
भदौ २१, २०७७ आइतबार ५:२,

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ।

आइतबार बिहान साढे ९ बजेसम्मको अपडेट अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५१४ पुगेको छ।

आइतबार बिहान मात्रै ६९ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

क्षयरोग उपचार केन्द्र, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, र चितवन मेडिकल कलेज र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा प्रदेशमा ६९ जना नयाँ संक्रमित थपिएका हुन्।

थपिएका नयाँ संक्रमितमा स्याङ्जाका २२, कास्कीका २०, नवलपरासी (सुस्तापूर्व)का १३, तनहुँका ७, बागलुङका ३, लमजुङका २ र गोरखाका २ जना रहेको निर्देशक शर्माले जानकारी दिए।

निर्देशक डा. शर्माका अनुसार संक्रमितमध्ये पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्यान्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी रहेको र लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी रहेका छन्।

अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad