चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ भने ३४ व्यक्ति संक्रमित भएका छन्।
चितवन मेडिकल कलेजका अनुसार अस्पतालको आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको हो।
भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय ती पुरुषको आज आइतबार बिहान मृत्यु भएको हो।
यस्तै भरतपुर अस्पतालका अनुसार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार राति आएको रिपोर्टअनुसार तीमध्ये ३० जना चितवन जिल्लाकै तथा नवलपुरका ३ र कास्कीका एक जना छन्।


प्रतिक्रिया