समाज


भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जब जिउँदै करेत सर्प निले...

भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जब जिउँदै करेत सर्प निले...

नेपालखबर
भदौ २१, २०७७ आइतबार ५:३,

भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जिउँदै सर्प निलेका छन्। भारतको उत्तर प्रदेशको बरेली जिल्लामा यो अचम्मको घटना भएको हो।

टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार धर्मपाल नाम गरेका किसानका एक वर्षीय छाेराले ६ इन्च लामाे करेत सर्पकाे बच्चा निलेका हुन्।

खेलिरहेका ती बच्चाकाे मुखमा उनकी आमाले जब केही वस्तु देखिन् तब हतपत तानिन्। निकालेर हेर्दा त्यो वस्तु जिउँदो सर्प पाइन्।

त्यसपछि उनका बुबा ती बच्चा र सर्प लिएर अस्पताल पुगे। इमर्जेन्सी स्वास्थ्य अधिकारी डा‍. हरिश चन्द्रलाई छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चा टेबलमा राखे।त्यसपछि हतपत ती बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो।

डाक्टरले त्यो सानो सर्प करेतको बच्चा भएकाे बताए। तर समयमै उपचार गरिएका कारण बच्चा खतरामुक्त भएकाे अस्पतालले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad