समाज


एक महिनामा एकै घरका ३ जनाको मृत्यु, दिदी-बहिनीकाे मृत्यु भने कोरोना संक्रमणबाट

एक महिनामा एकै घरका ३ जनाको मृत्यु, दिदी-बहिनीकाे मृत्यु भने कोरोना संक्रमणबाट

नेपालखबर
भदौ २१, २०७७ आइतबार २:२९,

विराटनगर महानगरपालिका ११ मा एक महिनाभित्रै एउटै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वृद्ध र उनका दुई छोरी छन्।

श्रेष्ठ परिवारका ७० वर्षका वृद्धको मृत्यु कालगतिले नै भएको थियो। तर, उनका दुई छोरीको मृत्यु भने कोरोना संक्रमणबाट भएको स्वास्थ्यकमीले बताएका छन्।

७० वर्षीय वृद्धको मृत्यु साउन २३ गते घरमै कालगतिले भएको थियो। उनको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको थियो।

त्यसको २० दिनपछि ९ भदौमा ४० वर्षीया छोरीको कारोनाबाट मृत्यु भयो। त्यसको १० दिनपछि वृद्धकी ४३ वर्षीया छोरीको पनि संक्रमणबाट शुक्रबार मृत्यु भएको छ। उनीहरु दुबैको संक्रमण पुष्टि भएपछि उपचारको क्रममा मृत्यु भएको हो।

विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा.पुरु कोइरालाले कोरोनासँगै ज्वरो र निमोनियाको पुरानो समस्याबाट दिदीबहिनीकै मृत्यु भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad