समाज


सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

नेपालखबर
भदौ २१, २०७७ आइतबार २:३,

नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण भएको शंकामा उनले १५ भदौमा पीसीआर परीक्षण गराएका थिए। शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो। पोजेटिभ रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।

उनले आफ्नो सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने बताए। भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो।

रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ। उनले आफू दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नगएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad