समाज


पत्नीको हौसलाले कोरोना संक्रमित बोकिरहेछन् जंगबहादुर

पत्नीको हौसलाले कोरोना संक्रमित बोकिरहेछन् जंगबहादुर

नेपालखबर
भदौ २०, २०७७ शनिबार १२:२६,

भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ। कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्स चालक जंगबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ।

गत जेठ २२ गते उनले पहिलोपल्ट मेचीनगर–४ स्थित क्वारेन्टिनबाट कोभिड–१९ का एक संक्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लगेका थिए। ‘शुरुमा रोग सर्ने पो हो कि भन्ने निकै डर लागिरहेको थियो, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो’, हालसम्ममा एक सयभन्दा बढी संक्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पु¥याइसकेका उनी भन्छन्, ‘त्यतिबेलै श्रीमतीको फोन आयो, उनले तपाईं एउटा एम्बुलेन्स चालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ। आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो।’

मेचीनगर नगरपालिका–९ निवासी ४५ वर्षीय जंगबहादुर खड्का नगरपालिकाले कोरोना संक्रमित बोक्नका लागि तोकेको मे१झ १३८ नंको एम्बुलेन्सका चालक हुन्। उनले जेठ २२ गतेयता कोभिड अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना संक्रमितलाई उपचारका लागि पु¥याइसकेका छन्। उनले भने, ‘सेवा नै धर्म हो, यस्तो महामारीको बेला सहयोग गर्नु मानवको कर्तव्य हो, म त्यही पूरा गर्दैछु।’

जंगबहादुरकी पत्नी लक्ष्मी खड्का सामान्य गृहिणी हुन्। कोरोना संक्रमित बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरूले औँल्याउने गरे तापनि लक्ष्मीले आफ्ना श्रीमान्लाई कोरोनाको विश्वव्यापी महामारीका बेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने भन्दै हौसला थप्दै आएकी छन्। ‘जब जब कोरोना संक्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसबेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ’, उनले भने।

संक्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी उनले राम्ररी पालना गरेको बताए। संक्रमितलाई बोक्न थालेयता तीन महिनादेखि उनी घर पनि गएका छैनन्। कहिलेकाहीँँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उनले बताए।

नगरपालिकाले उनलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस सिल्डलगायत सामान उपलब्ध गराउँदै आएको छ। धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्स चालक भएको हुँदा उनी कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टिन बनाएर बस्दै आएका छन्। जुनसुकै समय र अप्ठेरो परिस्थितिमा समेत संक्रमितलाई अस्पताल पु¥याउन बोलाउनासाथ तयार भएर खटिने उनको स्वभावबाट आफू प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले सुनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad