ad ad

समाज


गण्डकीमा थप ४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ सय ४७ पुग्यो

गण्डकीमा थप ४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ सय ४७ पुग्यो

नेपालखबर
भदौ २०, २०७७ शनिबार ५:४३,

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार बिहानको अपडेटअनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकीमा ४४ जना नयाँ संक्रमित थपिएका हुन्।

नयाँ थपिएका संक्रमितमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै २२ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार थपिएका नयाँ संक्रमितमा लमजुङका १७, बागलुङका ३, स्याङ्जा र नवलपरासी (सुस्तापूर्व)का १/१ जना रहेका छन्।

थपिएका पोखराका नयाँ संक्रमितमा दुई जना महिला पोखरा महानगरपालिकाका पश्चिमाञ्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत रहेको र ५ जना पुरुष भारतबाट आएका हुन्। त्यस्तै पोखराकै एक पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन भने लमजुङको बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन्। अन्य सबै सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्।

सबै संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४४७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .