माछा मार्न गएका पाँच भारतीयलाई चिनियाँ सेनाले अपहरण गरेकारले भारतले कडा कदम चाल्नुपर्ने इरिङको भनाइ छ।
अप्पर सुबानसिरी जिल्ला नजिकको भारत–चीन सीमानजिक सेरा ७ भन्ने क्षेत्रबाट तनु बकर, प्रसत रिङलिङ, नागरु दिरी, दोङ्तु इबिया र तोच सिंगकाम नाम गरेका भारतीय अपहरणमा परेको इन्डिया टुडेले उल्लेख गरेको छ।
— Ninong Ering (@ninong_erring) September 4, 2020SHOCKING NEWS: Five people from Upper Subansiri district of our state Arunachal Pradesh have reportedly been ‘abducted’ by China’s People’s Liberation Army (PLA).
Few months earlier,a similar incident happened. A befitting reply must be given to #PLA and #CCPChina. @PMOIndia https://t.co/8gRdGsQfId pic.twitter.com/KbDMJ3bUi2
इन्डिया टुडेसँग कुरा गर्दै अरुणाचल प्रदेशका काँग्रेस सांसद इरिङले भनेका छन्,‘लद्दाख र दोक्लामपछि चिनियाँ सेनाले अरुणाचल प्रदेशमा आक्रमण सुरु गरेका छन्।’
उनले अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा पनि चिनियाँ सेनाले पार गरेको बताएका छन्।
प्रतिक्रिया