ad ad

समाज


कारागारबाट भागेका डाँका चोरी मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

कारागारबाट भागेका डाँका चोरी मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ९:४,

कैलाली जिल्ला कारागारबाट भागेका डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।

गौरिगंगा नगरपालिका–२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाँउ बस्ने ५० वर्षीय फुलपाती चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई २०६६ असार २ गतेको जिल्ला अदालत कैलालीको फैसलाले ६ वर्ष कैद र ४ चार हजार १ सय ४७ रुपैयाँ पैंसठ्ठी पैसा जरिवाना ठहर भएकोमा फरार रहेका थिए। जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो।

गौरिगंगा नगरपालिका–२ स्थित स्थानीयको घरमा २०५८ साल माघ ४ गते राति हातहतियार सहित आएको समूहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्य पश्चात कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलाली पठाएकोमा २०६१ साल माघ २७ गते कैलाली कारागारबाट भागी फरार भएका थिए।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .