समाज


कर्णालीमा बेपत्ता तीनमध्ये एकको शव फेला

कर्णालीमा बेपत्ता तीनमध्ये एकको शव फेला

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ८:५२,

बर्दियाको कर्णाली नदीमा दाउरा टिप्न जाँदा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ।

गेरूवा गाउँपालिका –४ स्थित कर्णाली नदीमा बिहीबार दाउरा टिप्न गएका एक महिला र दुई पुरुषमध्ये १४ वर्षीय भरत कडायतको शव आज गेरुवा गाउँपालिकाको मनाउघाटमा फेला परेकोे इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए।

चालीस वर्षीय बलबहादुर रोकाय र १४ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .