समाज


आफैँले चलाएको मोटरसाइकल पल्टिँदा रुपन्देहीमा एक जनाको मृत्यु

आफैँले चलाएको मोटरसाइकल पल्टिँदा रुपन्देहीमा एक जनाको मृत्यु

प्रकाश न्यौपाने
भदौ १९, २०७७ शुक्रबार ८:२३,

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा शुक्रबार रुपन्देहीमा एक जना युवाको ज्यान गएको छ।

जिल्लाको शुद्धोधन गाउँपालिका–६, का ४० वर्षीया मोटरसाइकल चालक समुजराम केवटको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार शुद्धोधनकै अर्का ३५ वर्षीया गुडिया केवट भने घाइते भएकी छन्।

गैडहवा गाउँपालिका–५, तेलण्डियास्थित लुम्बिनी कलौनी भित्री सडकखण्डमा लु१४प ७९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा उनीहरु घाइते भएका थिए।

उनीहरुलाई तत्काल उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा समुजरामको मृत्यु भएको हो। घाइते गुडियाको उपचार भइरहेको छ। उनको हात र खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .