ad ad

समाज


काठमाडौंमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार, २ युवक पक्राउ

काठमाडौंमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार, २ युवक पक्राउ

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ३:५४,

काठमाडौंमा एक युवतीलाई सामूहिक बलात्कार गरिएकाे छ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार भएकाे हाे।

बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको छ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक युवतीलाई सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .