ad ad

समाज


घाइते युवाको उपचारमा चौतारी युवा समूहद्वारा ४ लाख ६६ हजार सहयोग

घाइते युवाको उपचारमा चौतारी युवा समूहद्वारा ४ लाख ६६ हजार सहयोग

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ३:३७,

सर्लाहीको हरिवन- ८ मा रहेको चौतारी युवा समूहले दुर्घटनामा परेर गम्भीर घाइते भएका हरिवनका एक युवालाई साढे चार लाख रुपैयाँ भन्दा धेरै आर्थिक सहयोग गरेको छ।

काम गर्ने क्रममा दुर्घटनामा परेर मेरुदण्डमा असर पर्दा दुवै खुट्टा नचल्ने अवस्थामा पुगेका हरिवन -८, हनुमान चोकका भोजबहादुर मगरको उपचारमा समूहले चार लाख ६६ हजार चार सय ८६ रुपैयाँ सहयोग गरेको हो। 

bhoj bd

चौतारी युवा समूहको १७ औँ वार्षिकोत्सवको अवसरमा समूहका संस्थापक अध्यक्ष रोशन दवाडीको सक्रियतामा सहयोग रकम जुटाइएको समूहका विनय तिमल्सिनाले जानकारी दिए।

‘देशविदेशका मनकारी साथीहरुबाट हामीले सहयोग संकलन गरेका हौँ,’ समूहका संस्थापक अध्यक्ष दवाडीले भने, ‘भोजबाहादुरको स्वास्थ्य र आर्थिक अवस्था दुबै नाजुक भएको पाएपछि हामीले उहाँको उपचारमा सहयोग संकलन अभियान चलाएका छौँ।’

लामो समय भक्तपुरको मध्यपुर थिमी अस्पतालमा उपचार गराएका मगरको हाल काभ्रेको एक अस्पतालमा उपचार (थेरापी) चलिरहेको छ।

भोजबहादुरलाई भेटेरै आर्थिक सहयोग गर्ने तयारी भएपनि उनलाई कोरोना संक्रमण भएकाले अन्य माध्यमबाट सहयोग प्रदान गरिएको दवाडीले जानकारी दिए।

5 lakh

‘हामीले उहाँलाई पहिलो चरणमा चार लाख ६६ हजार चार सय ८६ रुपैयाँ नगद सहयोग गरेका छौँ,’ दवडीले भने, ‘थप सहयोग आयो भने फेरि पनि सहयोग गर्ने छौँ।’

आफूले विभिन्न देशमा रहेका साथीहरुमार्फत सहयोग रकम संकलन गरेको दबाडीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .