जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण भएको छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बिहीबार आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।
प्रजिअ थापाले आफू आजैबाट आइसोलेसनमा बस्ने समेत सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
‘जनताको जीवन सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा इमान्दार बोकेर कर्तव्य पालनको सिलसिलामा कोरोना युद्धमा अहोरात्र खटिँदा आज म पनि कोरोनाबाट संक्रमित हुन पुगेको छु। अहिलेबाट आइसोलेसनमा बसेको छु। कार्यालयसँग सम्बन्धित काममा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुहोला। छिट्टै तपाईहरुको सेवामा फर्किनेछु। तपाईहरु सुरक्षित रहनु होला’, प्रजिअ थापाले भनेका छन्।
3
Shares

प्रतिक्रिया