कला


नेपालकी प्रिन्शा बनिन् ‘प्रिन्सेस अफ द वल्ड २०२०’ एकैसाथ दुई उपाधी

नेपालकी प्रिन्शा बनिन् ‘प्रिन्सेस अफ द वल्ड २०२०’ एकैसाथ दुई उपाधी

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १५:२७,

गत वर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउनसँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छिन्।

साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षीया प्रिन्शा खड्काले फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधीसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेको आयोजक संस्था वल्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशनले घोषणा गरेको छ।

विश्वका विभिन्न देशबाट करिव ५० भन्दा बढी बालबालिकाले अनलाइन मार्फत उक्त प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए। प्रत्योगीहरुको बिचमा आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रिन्शाले ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को ताज जितेकी हुन्।

त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि ‘सिल्भर प्रिन्सेस अफ द वल्ड २०२०’ जितेकी छिन्। विश्वव्यापी कोभिड–१९ का कारण वार्ड वितरण भने १७–२४ जुन २०२१ मा बुलगेरियामा गरिने आयोजक संस्थाले बताएको छ।

रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन्। हाल काठमाडौंमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन्। विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको बहुचर्चित गित ‘कारगिल भाग २’ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकी छिन्। यस्तै अन्य दर्जन बढी म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरेकी प्रिन्शाको अभिनय नि त्यतिकै निखारिएको छ।

प्रिन्शाको सम्पुर्ण कला, सृजनाको व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका थिए भने कार्यक्रमको कोर्डिनेट मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले गरेको थियो।

विश्वभरबाट ८ जना जुरी मेम्बर रहेको उक्त प्रतियोगितामा नेपालवाट मोर्निंग ग्लोरी इन्टरटेनमेन्टकी सञ्चालिका मोहना मोथे खनाल पनि जुरी टिममा थिइन्। कार्यक्रमको लागी खड्काको इन्ट्रो भिडियोको स्क्रिप्ट निश्चल रावतले लेखेका थिए भने भिडियो छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad