राजनीति


ललितपुर चक्रपथ क्षेत्रभित्र शुक्रबार कर्फ्यू

ललितपुर चक्रपथ क्षेत्रभित्र शुक्रबार कर्फ्यू

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १६:४,

ललितपुरको चक्रपथ क्षेत्रभित्र भोलि कर्फ्यू लाग्ने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार दिनभरको तनावपछि शुक्रबार कर्फ्यू लगाउने निर्णय गरेको हो।

बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। 

चक्रपथभन्दा भित्र मात्रै कर्फ्यूको निर्णय भएकाले बाहिर यसअघिकै आदेश अनुसार निशेधाज्ञा कायम रहने पनि प्रशासनले जनाएको छ।

प्रशासनको अनुमति बिनै मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबिच झडप भएको थियो। झडपका क्रममा केही स्थानीय र ४ जना प्रहरी घाइते भएका छन्।

यस्तै नेवार समुदायका विभिन्न संघ संस्थाले पनि अर्को निर्णय नभएसम्म रथ यात्रा नगर्ने निर्णय गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad