ad ad

समाज


अमेरिकामा प्रहरीको नियन्त्रणमा फेरि अर्का अश्वेत नागरिकको मृत्यु

अमेरिकामा प्रहरीको नियन्त्रणमा फेरि अर्का अश्वेत नागरिकको मृत्यु

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १२:६,

प्रहरीले ४१ वर्षका अश्वेत नागरिक ड्यानियल प्रुडलाई ‘स्पिट हुड’ लगाइदिएका कारण उनले सास फेर्न नसकेको बताइएको छ।

सास फेर्न नसकेकै कारण ड्यानियलको मृत्यु भएको बताइएको छ। ड्यानियलले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै प्रहरीमाथि थुक्ने र टोक्ने प्रयास गरेका थिए।

उनको थुकबाट बच्न प्रहरीले थुक छेक्ने स्पिट हुड ड्यानियलको टाउकोमा लगाइदिएका थिए। स्पिट हुड लगाइएका ड्यानियलको टाउको जमिनमा २ मिनेट थिचेर राख्दा उनी अचेत बनेका थिए।

सास फेर्न नसकेकै कारण उनको मृत्यु भएको सीसीटीभी फुटेजमा देखिएको छ। ड्यानियलको मानसिक अवस्था बिग्रिएको समेत बताइएको छ।

ड्यानिएललाई नियन्त्रण गर्ने समयमा उनी नग्न बनेर हिँडेको बताइएको छ। गत मे २५ मा अश्वेत नागरिक जोर्ज फ्लोइडको पनि प्रहरीको नियन्त्रणमै रहेको समयमा मृत्यु भएको थियो।

प्रहरीले फ्लोएडको घाँटीमा ८ मिनेट थिच्दा उनको मृत्यु भएको थियो। अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किरहेको समयमा फेरि प्रहरीको नियन्त्रणमा ड्यानियलको मृत्युको खबर आएको हो।

यो घटना भने जुलाईको भएको बताइएको छ। उनका परिवारले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएपछि मात्र ड्यानियल प्रकरण बाहिर आएको हो।

केही दिन अगाडि मात्र अमेरिकाको विसकनसिनस्थित केनोसामा एक अश्वेत नागरिकमाथि प्रहरीले ७ गोली प्रहार गरेका थिए। उनको कम्मर मुनिको भाग प्यारालाइज भएको बताइएको छ। तर गोली हानिनुको कारण हालसम्म बताइएको छैन।

हाल अमेरिकामा रंगभेदविरुद्ध तथा प्रहरीको ज्यादतिविरुद्ध आन्दोलन चर्किरहेको छ। पछिल्लो घटना क्रमले अमेरिकीले प्रहरीमाथिको विश्वास गुमाएको विश्लेषण गरिन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .