ad ad

समाज


तीन लाख नगदसहित १२ जना जुवाडे पक्राउ

तीन लाख नगदसहित १२ जना जुवाडे पक्राउ

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ९:५५,

मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी–७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद रु दुई लाख ८९ हजार ५३१ र चार बुक ताससहित १२ जना जुवाडेलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउपर्नेमा मोरङ बेलबारी नगरपालिका–१ का ३६ वर्षीय विमल गुरुङ, वडा नं ३ का ३७ वर्षीय कृष्ण लिम्बु, वडा नं ११ का २८ वर्षीय श्याम लिम्बू, सोही स्थानका ५२ वर्षीय चन्द्र लिम्बू, मोरङको लेटाङ नगरपालिका–५ का ३१ वर्षीय समीर तामाङ, झापा विर्तामोड नगरपालिका–३ का लक्ष्मीकुमार तामाङ र वडा नं ५ का २७ वर्षीय सञ्चित घतानी रहेका छन्।

त्यस्तै झापा हल्दिबारी गाउँपालिका–५ का ३६ वर्षीय ताराकुमार जोगी, झापा बुद्धशान्ती गाउँपालिका–४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरी धरान–१६ का ३९ वर्षीय रुपजङ्ग लिम्बू, वडा–३ का २९ वर्षीय किरण उदास र इटहरी–२० का २४ वर्षीय राजन पौडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .