ad ad

समाज


आज काठमाडौं महानगरका नौवटा वडामा स्वाब संकलन गरिँदै (सूचीसहित)

आज काठमाडौं महानगरका नौवटा वडामा स्वाब संकलन गरिँदै (सूचीसहित)

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ४:४०,

काठमाडौं महानगरपालिकाले कोरोना नियन्त्रण अभियानअन्तर्गत आज (बिहीबार) नौवटा वडामा स्वाब संकलन गर्दै छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार कन्ट्याक्ट ट्रेसिङअन्तर्गत संक्रमितसँग सम्पर्क गरेका व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको हो।

उनका अनुसार आज- 
–वडा नम्बर ८ मा १०० जना, बिहान ११ बजे

–वडा नम्बर २९ मा १०० जना, बिहान ११ बजे

–वडा नम्बर २८ मा १२० जना बिहान ११ बजे

–वडा नम्बर २०, २१, २३ र २४ मा १२० जना, दिउँसो २ बजे

–वडा नम्बर ३ मा ३० जना, दिउँसो २ बजे

–वडा नम्बर ६ मा ५५ जना, दिउँसो २ बजे स्वाब संकलन गरिनेछ। 

‘सुरुमा संक्रमितसँग सम्पर्क गरेका व्यक्तिको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दैछौं,’ महानगरपालिकाका प्रवक्ता डंगोलले बिहीबार बिहान नेपालखबरसँग भने, ‘त्यसको नतिजा कस्तो आउँछ, त्यसपछि अन्य कदम चाल्नेछौं।’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई समेत कोरोना संक्रमण भइसकेको छ।

याे पनिकाठमाडौँका ३५० सहित उपत्यकामा थपिए ३८८ कोरोना संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .