ad ad

समाज


बुटवलमा पनि कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलमा पनि कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाश न्यौपाने
भदौ १८, २०७७ बिहिबार ४:१९,

रुपन्देहीमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत सैनामैना- ११, सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा‍राजेन्द्र खनालले जानकारी दिए।

विगत केही दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार साँझ ती महिलालाई अस्पताल ल्याइएको थियो।

इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

बुटलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा आईसीयू र जनरल बेड खाली नहुँदा उनलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखी उपचार सुरु गरिएको थियो। आइसोलेसनमै अक्सिजन दिई उपचार भइरहेकामा उनको आज बिहान मृत्यु भएको डा.खनालले बताए।

बुधबार पनि रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको आईसीयूमा उपचार गराइरहेका बुटवल उपमहानगरपालिका–६ का ५७ वर्षीय पुरुषमा एक्कासी हृदयघात हुँदा मृत्यु भएको थियो।

यस्तै, बुधबारै लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्पतालमा कपिलवस्तुको कृष्णनगर नगरपालिका- ११ की ६० वर्षीया महिलाको मृत्यु भएको थियो भने मंगलबार राति भीममा आईसीयूमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका–५ की ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो।

याे पनि कोरोना संक्रमणबाट ४० वर्षीया महिलाकाे मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .