ad ad

समाज


प्रदेश २ मा बुधबार थपिए २५० कोरोना संक्रमित, ८३ जना निको भए

प्रदेश २ मा बुधबार थपिए २५० कोरोना संक्रमित, ८३ जना निको भए

शैलेन्द्र महतो
भदौ १७, २०७७ बुधबार १२:६,

प्रदेश २ मा बुधबार ६६ जना महिलासहित २५० जना कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा बढी धनुषामा ५८ जना संक्रमित थपिएका छन्।

यस्तै बारामा ५२ जना, सर्लाहीमा ५१ जना, महोत्तरीमा २९ जना, रौतहटमा १८ जना, सिरहामा १३ जना, पर्सामा १४ जना र सप्तरीमा १५ जना संक्रमित फेला परेको समाजि विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए।

योसँगै प्रदेश २ मा कोरोना संक्रमित हुनेको संख्या १० हजार ५ सय ५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेश मा ३ महिलासहित ८३ जना संक्रमित कोरोना मुक्त भएका छन् भने संक्रणबाट एक जनाको मृत्यु भएको छ।

बाराको सिम्रोनगढ नगरपालिका ९ का ९७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको मन्त्रालयका चिकित्सक यादवले बताए।

योसँगै कोरोनाबाट यस प्रदेशमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .