नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको बताए।
मृत्यु हुनेमा ६ महिला र ६ जना पुरुष रहेका छन्।
चितवनका ५५ र १८, काठमाडौँकी ८९, लतिलपुरकी ७०, तनहुँकी २० र कपिलवस्तुकी ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
पुरुषमा बारा ९७, चितवन ६५, काठमाडौँ ७० र ७५ भक्तपुर ४० धादिङको ४७ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ।
नेपालमा कूल संक्रमितमध्य ०.६ प्रतिशतको निधन भएको उनको भनाइ छ।
प्रतिक्रिया