ad ad

कारोबार


पर्यटनमन्त्रीले भने– अर्थतन्त्र सानो छ, व्यवसायीलाई पैसा बाँड्न सक्दैनौँ

पर्यटनमन्त्रीले भने– अर्थतन्त्र सानो छ, व्यवसायीलाई पैसा बाँड्न सक्दैनौँ

नेपालखबर
भदौ १७, २०७७ बुधबार १०:५२,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको अर्थतन्त्र सानो भएकाले व्यवसायीलाई पैसा बाँड्न नसक्ने बताएका छन्।

व्यवसायीले विश्वका विभिन्न देशले व्यवसाय पुनरुत्थानको लागि रकम बाँडे पनि नेपालको त्यस्तो अवस्था नभएको बताएका हुन्।

नेपालले सक्दो नीतिगत व्यवस्था गरी पर्यटन क्षेत्र पुनरुथानको लागि सुरु गरेको उनको भनाइ छ।

‘पर्यटन क्षेत्रलाई पुनर्स्थापनाको लागि ५० अर्बको कोष स्थापना भएको छ’, भट्टराईले भने, ‘५ प्रतिशत ब्याजमा पाइने उक्त कोषको कार्यविधि बन्दै छ।’

उनले त्यसको अलावा व्यवसायीको ऋण तिर्ने समय सार्ने, विभिन्न करछुट लगायतका व्यवस्था गरेको बताए। ‘आज पर्यटन व्यवसाय कसरी जोगाउने भन्ने विषयमा ध्यान हुनुपर्छ। आज व्यवसाय जोगाई भोलिको योजना बनाउनुपर्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .