ad ad

समाज


डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालकाे ओपीडी सेवा बन्द

डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालकाे ओपीडी सेवा बन्द

नेपालखबर
भदौ १७, २०७७ बुधबार २:१९,

डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालकाे ओपीडी सेवा आजदेखि दुई दिनसम्मका लागि बन्द गरिएको छ।

अस्पतालले सूचना जारी गरेर आज (बुधबार) र भोलि (बिहीबार) ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको हो।

अस्तपालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार मंगलबारसम्म डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएकाे हाे।

अस्पतालका अन्य कर्मचारीलाई आइसोलेसनमा राखिएकाे वीर अस्पतालले जनाएकाे छ। 

सुरक्षाका लागि आवश्यक स्रोत/साधन नै तयार नपारी धमाधम कोरोनाका बिरामी भर्ना गरिएकाले वीर अस्पतालका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी भटाभट संक्रमित हुन थालेको बताइएको छ।

Birbi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .