ad ad

खेल


मेस्सीको भविष्यबारे बार्सिलोनामा आज निर्णायक छलफल

मेस्सीको भविष्यबारे बार्सिलोनामा आज निर्णायक छलफल

नेपालखबर
भदौ १७, २०७७ बुधबार २:३०,

लियोनल मेस्सीका बुबा तथा उनका एजेन्ट जोर्गी मेस्सी छोराको भविष्यबारे निर्णायक बार्ता गर्न बुधबार बार्सिलोनाका अध्यक्षलाई भेट्दै छन।

स्पेन छाडेर मेस्सीसँगै अजेन्टिना पुगेका जोर्गी निर्णायक छलफलका लागि पुनः बार्सिलोना फर्किएका छन। जोर्गीले बुधबार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

मेस्सीले बार्सिलोना छाड्ने इच्छा व्यक्त गरिसकेकाले उनी फ्रि टान्सफरमा त्यहाँबाट निस्कन चाहान्छन। तर, क्लबले भने अन्य क्लबले रिलिज क्लज नतिरेसम्म मेस्सीलाई जान नदिने अडान कायम राखेको छ।

मेस्सी र बार्सिलोनाबीच भएको सम्झौता अनुसार सिजनको अन्त्यमा मेस्सीले फ्रि टान्सफरमा अन्य क्लबमा जान पाउँछन। तर, त्यसका लागि मेस्सीले गत जुनअघि नै क्लबलाई जानकारी गराउँनुपर्छ।

तर, कोरोनाभाइरसका कारण यो सिजन अगष्टसम्म लम्बिएकाले अहिले फ्रि टान्सफरमा जान पाउनुपर्ने मेस्सीको माग छ। बार्सिलोना भने जुनसम्ममात्रै फ्रि टान्सफरमा जाने कुरा सम्झौतामा भएकाले अब मेस्सीलाई लिन चाहने क्लबले उनको रिलिज क्लब ७०० मिलियन यूरो तीर्नुपर्ने अडानमा छ।

बार्सिलोनाका अध्यक्ष जोसेपको इच्छा भने मेस्सीले क्लब नछाडुन भन्ने छ। त्यसका लागि आफू अध्यक्ष पद त्याग्न समेत तयार रहेको उनले बताएका छन।

यहीबीच बुधबार मेस्सीका बुबा र अध्यक्ष जोसेपबीच हुने फेस टू फेस बैठकले केही निष्कर्ष निकाल्ने विश्वास गरिएको छ।

अध्यक्ष जोसेपले २०२२ सम्म मेस्सीलाई सम्झौता लम्बाउन अनुरोध गर्ने समेत तयारी गरेका छन। यदि त्यसमा मेस्सीको पक्ष सकरात्मक भएन भने मेस्सीको रिलिज क्लजका बारेमा दुबै पक्षबीच घम्साघम्सी हुने पक्का छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .