मंगलबारदेखि वुहानका सबै विद्यालय तथा किन्डरगार्टेनमा पठनपाठन सुचारु भएको चिनियाँ संचारमाध्यमले जनाएका छन्।
कोरोना संक्रमितको दर शुन्यमा झरेपछि गत मेदेखि नै वुहानमा विद्यालयहरु खुलाइएका थिए। तर मंगलबारदेखि भने वुहानका सबै विद्यालयहरु खुलेको हो।
मंगलबार मास्क लगाएर विद्यार्थीहरु विद्यालय गएका थिए। आज १४ लाख विद्यार्थीले विद्यालय तथा किन्डर गार्टेनको पढाइमा भाग लिएको बताइएको छ।
वुहानमा यतिबेला कोरोना पुरै नियन्त्रणमा भएको बताइएको छ। चीनमा कोरोनाका कारण हालसम्म ४६ सय व्यक्तिको मृत्यु भएको छ। जसमध्ये ८० प्रतिशत वुहानकै नागरिक थिए।
वुहानको माछा बजारबाट देखिन सुरुवात भएको कोरोना हाल विश्वव्यापी बनेको छ। अमेरिका, ब्राजिल, भारतजस्ता देश कोरोनाले सबैभन्दा बढी प्रभावित बनेका छन्।
यी देशहरुमा दैनिक हजारौं संक्रमित बनिरहँदा कोरोनाको उद्गमस्थल वुहानको अवस्था भने सामान्य बनिसकेको छ। इन्डिया टुडे


प्रतिक्रिया