कोरोना संक्रमणबमट वीरगन्जमा थप एक पुरुषको मृत्यु भएको छ।
आइतबार बिहान ७ बजेर ४० मिनेटमा नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय पुरुषको संक्रमणका कारण निधन भएको हो।
कोरोना संक्रमणपछि उनी शुक्रकार उक्त अस्पतालमा भर्ना भएका थिए। नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले संक्रमतिको मृत्यु भएको पुष्टि गरे।
उनले ती पुरुष मधुमेहका पुराना रोगी रहेको र पछिल्लो समय गम्भीर निमोनिया देखिएको बताए।
उनको उपचारकै क्रममा मृतयु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया