कारोबार


प्रतितोला तीन सयले महंगियो सुन

प्रतितोला तीन सयले महंगियो सुन

नेपालखबर
भदौ १४, २०७७ आइतबार ६:२९,

नेपालमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ महंगो भएको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ बढेर ९७ हजार २ सय रुपैयाँ पुगेको हो।

छापावालसँगै तेजाबी सुन पनि उही दरमा बढेर आज ९६ हजार ७ सय रुपैयाँ प्रतितोला पुगेको छ। चाँदीको भाउ भने शुक्रबारकै दरमा अर्थात् प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको छ।

भदौ लागेपछि सुनको भाउ २ र ३ गते १ लाख ४ सय रुपैयाँ प्रतितोला कारोबार भए पनि त्यसयता घटेर ९६, ९७ हजार वरिपरि नै रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad