समाज


होम आइसोलेसनमा बसेका भक्तपुरका कोरोना संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेका भक्तपुरका कोरोना संक्रमितको मृत्यु

नेपालखबर
भदौ १४, २०७७ आइतबार ५:८,

उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस संक्रमित एक पुरुषको होम आइसोलेसनमै गए राति मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका संक्रमित ६५ वर्षीयको होम आइसोलेसनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पीसीआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा संक्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि संक्रमित घरमै बसेका थिए।

वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले संक्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो। सेनाको टोलीले शव शनिबार व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए।

यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक संक्रमितको मृत्यु भएको थियो। भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना संक्रमितको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad