बागलुङ निसीखोला गाउँपालिका-३ की ३९ वर्षीया सुत्केरी मीना सुनारको मृत्यु भएको छ। उनको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
सुनार मंगलबार बागलुङको झिवाखोला स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो।
त्यहाँ स्वास्थ्य परीक्षणका क्रममा सुनारको पेटमा रगत जमेको पाइएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल काठमाडौँ लैजाने भनिए पनि अवस्था चिन्ताजनक भएपछि पोखराको मणिपाल अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
बच्चाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया