विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा करिब २ सय जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो।
देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीहरुमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो। देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ। पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मीहरु पनि जोखिममा रहेपछि उपत्यकामा २ सय जनाको परीक्षण गरिएको बताइएको छ।
उपत्यका लगायत देशका विभिन्न ठाउँमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो दरमा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशभरी कोरोनाबाट १ सय ८३ जनाको मृत्यु भएको छ।
३५ हजार ५ सय २९ जना संक्रमित रहेकोमा २० हजार ७३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन । अझै १५ हजार २ सय ७३ सक्रिय संक्रमित उपचाररत रहेका छन्।

प्रतिक्रिया