ad ad

समाज


नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना पुष्टि, ५६९ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना पुष्टि, ५६९ जना निको भए

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १०:३८,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरमा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

यो एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ।

याे पनि : काठमाडौँका २७० सहित उपत्यकामा थपिए ३७७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १२ हजार ६२९  जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .