ad ad

समाज


निषेधाज्ञाको आठौं दिन, यस्तो छ उपत्यकाको अवस्था

निषेधाज्ञाको आठौं दिन, यस्तो छ उपत्यकाको अवस्था

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ८:३५,

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज (बिहीबार) आठौं दिन पुगेको छ।

काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरातदेखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए। यस्तै बुधबार फेरि एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेको छ।

निषेधाज्ञाका कारण उपत्यकाका मूख्य सडकसँगै भित्रि सडकहरु पनि सुनसान देखिन्छन्। अत्यावस्यक कामका लागि बाहेक मानिसहरु घर बाहिर निस्कन पाएका छैनन्। सवारी साधानको आवागमन पनि निकै न्यून छ।

प्रहरीले मुख्य सडकको चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ। बिहीबार उपत्यकाको बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, ज्ञानेश्वर लगायतका ठाउँमा पुग्दा सवारी साधनको आवागमन न्यून देखिएको छ। फुटपाथमा मानिसहरुको आगावमन पनि निकै न्यून छ। सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै सञ्चालनमा आएको देखिन्छ।

भित्रि सडकमा पनि सवारी साधनको आवागमन न्यून छ भने अत्यावस्यक खाद्यान्न, दुध लगायतका पसलहरु विहान ९ बजेसम्म खुलेका छन्। उपत्यकाका तीनवटै जिल्लाका प्रशासनले विहान सवा ९ बजेसम्म खाद्यन्न लगायतका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो। त्यसैले विहानको समयमा मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनेमल गर्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .