ad ad

बाइक


परिष्कृत सुरक्षा विशेषतासहित हिरो मोटोकर्पको सुपर स्प्लेन्डर बजारमा, मूल्य १ लाख ९८ हजार

परिष्कृत सुरक्षा विशेषतासहित हिरो मोटोकर्पको सुपर स्प्लेन्डर बजारमा, मूल्य १ लाख ९८ हजार

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ८:२०,

मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याउँदै आजबाट अत्यधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ।

सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको कम्पनीले जनाएको छ। आईबीएस एक परिष्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ। यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउँछ।

सुपर स्प्लेन्डर अब (आईबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा १ लाख ९८ हजार रुपैयाँमा सेल्फ ड्रम एलोय ह्विलसहित उपलब्ध हुनेछ।

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्र्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो। यो बजार प्रवेशसँगै साथ हिरो मोटोकर्र्र्पले आफ्ना ग्राहकहरूलाई प्रिमियम, उच्च–गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको छ।

यो बजार प्रवेशका अवसरमा टिप्पणी गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने, “नेपालमा हाम्रा ग्राहकहरूका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ । सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकलमध्ये एक हो र यो भावना र ब्रान्डप्रतिको विश्वास यस मोटरसाइकलको लागि मात्र बढ्नेमा हामी विश्वस्त छौं, जुन अब पहिलेभन्दा सुरक्षित छ।”

आईबीएसको साथ सुपर स्प्लेन्डर प्रदर्शन
सुपर स्प्लेन्डर विश्वास, विश्वसनीयता र इन्धन दक्षताका अलावा आफ्नो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिन्हित भएर सबै ब्रान्डमा भिन्न बनेको छ। यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी ईन्जिनको साथ आउँछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ।

सवारी र नियन्त्रण
सुपर स्प्लेन्डर ९० किमि प्रति घण्टाको अधिकतम गतिसम्म पुग्छ । यो पनि उपयोगिता र सुविधाहरूको शृंखलासँग प्याक गरिएको छ, जस्तै साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, ठूलो क्षमताको इन्धन ट्यांकी (१३ लिटर।) र अगाडि ट्यांकीमुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्सको साथमा उपलब्ध भएको छ।

भाइब्रेन्ट लुक
सुपर स्प्लेन्डरले अद्वितीय शैलीको–संरचना प्रस्तुत गर्दछ र यो आधुनिक ग्राफिक्सको साथ पाँच प्रिमियम मेटालिक रंगहरूमा आउँछ–ब्ल्याक विथ गे), क्यान्डी ब्लेजिङ रेड, ब्लयाक विथ रेड स्ट्राइप्स, ब्लयाक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .