समाज


प्रदेश १ मा १०८ संक्रमित थपिए

प्रदेश १ मा १०८ संक्रमित थपिए

नेपालखबर
भदौ १०, २०७७ बुधबार १२:१९,

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १०८ कोरोना संक्रमित थपिएका छन्। संक्रमितमा महिला ३६ र पुरुष ७२ जना छन्। जसमा मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा आठ, पाँचथरमा चार, उदयपुर र खोटाङमा एकएक जना छन् भने प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तपिएका सङ्क्रमितमा पछिल्लो २४ घण्टामा विराटनगरमा ४३ जनामा संक्रमण देखिएको हो। जसमा १३ महिला र ३० पुरुष छन्। पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार मोरङको बुढीगंगामा तीन महिला, एक पुरुष र सुन्दरहरैचामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जिल्ला बाहिर संक्रमितमा सुनसरीको इटहरीमा पाँच महिला नौ पुरुष, इनरुवामा एक महिला तीन पुरुष, बर्जुमा एक महिला दुई पुरुष, दुहवीमा दुई पुरुष, धरानमा एक महिला, झापाको दमकमा छ महिला नौ पुरुष र गौरीगञ्जकी एक महिलामा संक्रमण देखिएको हो।

यस्तै तेह्रथुमको म्याङलुङमा चार महिला चार पुरुष, पाँचथरको फिदिममा चार पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका एक महिला र एक पुरुष तथा प्रदेश बाहिरका एक महिला पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हालसम्ममा यस प्रदेशा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ भने उपचार भएर घर फर्केकाको सङ्ख्या एक हजार ३८५ पुगेको जनाइएको छ। पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८१ जना कोरोनाको संक्रमण मुक्त भएर घर फर्केको बताइएको छ। प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३५७ जनाको पीसीआर परीक्षण भइ हालसम्ममा ८२ हजार १०२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad