समाज


काठमाडौँ उपत्यकामा पहिलोपटक एकैदिन संक्रमित हुनेको संख्या ३०१ पुग्यो

काठमाडौँ उपत्यकामा पहिलोपटक एकैदिन संक्रमित हुनेको संख्या ३०१ पुग्यो

नेपालखबर
भदौ १०, २०७७ बुधबार १०:४३,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३०१ जनामा कोरोना पुष्टि भएको बताए।

याे पनि : नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

उपत्यकामा देखिएको यो संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो।

याे पनि  : कोरोना संक्रमणबाट थप ११ को मृत्यु, मृतकको संख्या १७५ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad