नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८८५ जनामा कोरोना पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार आज १३ हजार २५३ जानको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०५ पुगेको छ।

प्रतिक्रिया