नेपाली सेनाका सहायक रथी विनयविक्रम राणा उपरथीमा बढुवा भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
नेपाली सेनाका उपरथी राजेन्द्र कार्की यही भदौ १५ गतेबाट अवकास हुने भएपछि राणालाई सहायक रथीमा बढुवा गर्न सूचना जारी गरिएको थियो।
कार्की १ गतेबाट १५ दिने बिदामा बसिसकेका छन्। पदोन्नतिको लागि सिफारिसअघि सेनाले दाबी विरोध भएमा उजुरी गर्न सूचना प्रकाशित गरी सात दिनको समय दिएको थियो।
हाल उनी सैनिक सचिव विभागमा कार्यरत रहेका छन्।
यसअघि सहायक रथी विज्ञानदेव पाण्डे पनि उपरथीमा बढुवा भएका थिए।

प्रतिक्रिया