समाज


पछिल्लो २४ घण्टाको कोरोना अपडेट : संक्रमण भारतमा धेरै, मृत्यु अमेरिका र ब्राजिलमा

पछिल्लो २४ घण्टाको कोरोना अपडेट : संक्रमण भारतमा धेरै, मृत्यु अमेरिका र ब्राजिलमा

नेपालखबर
भदौ १०, २०७७ बुधबार १:४०,

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक हजार ६६ जनाले ज्यान गुमाएका छन्।

त्यहाँ २४ घण्टामा ६६ हजार आठ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या पछिल्लो २४ घण्टामा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै भएको वर्ल्डओमिटरमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने ब्राजिल दोस्रो छ।

यस अवधिमा अमेरिकामा १२ सय ९० जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा १२ सय १५ को मृत्यु भएको छ।

त्यसैगरी मेक्सिकोमा ३२०, कोलम्बियामा २७७, रुसमा एक सय २०, दक्षिण अफ्रिकामा एक सय ४९, अर्जेन्टिनामा एक सय ९७, इरानमा एक सय २५ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार आठ सय ५६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने दुई लाख ४० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

यस अवधिमा ब्राजिलमा झण्डै ४७ हजार र अमेरिकामा ४० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad