खेल


मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय

मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय

नेपालखबर
भदौ १०, २०७७ बुधबार २:५,

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्ने निर्णय गरेका छन। मेस्सीले क्लब छाड्ने निर्णयसँगै ट्रान्सफर मागेका छन।

३३ वर्षे अर्जेन्टेनी स्टार मेस्सीले मंगलबार क्लबलाई पत्र पठाउँदै आफ्नो क्लब छाड्ने रकम(क्लज)बारे टुङ्गो लगाउन अनुरोध गरेका हुन।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८-२ को लज्जास्पद हारपछि उनी क्लब छाड्ने निर्णयमा पुगेका हुन।

६ पटकका प्रतिष्ठित बालोन डि ओर विजेता मेस्सीले २००४ देखि बार्सिलोनाबाट खेल्दै आएका थिए।

बार्सिलोनाबाट उनले चारपटक यूरोपियन च्याम्पियन्स लिगको उपाधि समेत जिते।

बार्सिलोनाले भने मेस्सी २०२१ सम्म क्लबमै रहने विश्वास गरेको छ। उनको क्लज ७ सय मिलियन यूरो तोकिएको छ।

क्लबका अध्यक्ष जोसेप मारियो बार्टोमिउको राजीनामा र चुनाव भए मेस्सी रोकिन सक्ने विश्लेषणहरु गरिएको छ। 

तर यसपटक जे भएपनि मेस्सी क्लब छाड्ने निर्णयमा प्रतिबद्ध रहेको बीबीसीले जनाएको छ।

मेस्सीले क्लब छाड्नका लागि ट्रान्सफरमागेको समाचार बाहिर आएपछि बार्सिलोनाका समर्थकहरु नेउ क्याम्पअघि जम्मा भएर बोर्डविरुद्ध नाराबाजी गरेका थिए।

अब मेस्सी र क्लबबीच कानुनी प्रक्रिया सुरु हुनेछ। यदि मेस्सीले गत जुन १० सम्म क्लब छाड्ने इच्छा देखाएको भए उनको फ्री ट्रान्सभर हुने बुँदा सम्झौतामा थियो। 

तर उक्त मिति नाघिसकेकाले फ्री ट्रान्सफरको मिति सकिएको क्लबको विश्वास छ। तर उक्त मितिमा कोरोनाभाइरसको महामारी भएकाले अगष्टसम्म फ्री ट्रान्सफरको मिति लम्बिनुपर्ने मेस्सी पक्षको भनाई छ।

मेस्सीका कीर्तिमान

मेस्सीले १३ वर्षे उमेरमा अर्जेन्टिनाको निवुल्स ओल्ड ब्वाइज क्लबबाट सन् २००० मा बार्सिलोना आएका थिए। त्यसयता उनी क्लबको इतिहासमै सबैभन्दा बढी गोलकर्ता हुन। 

मेस्सीले बार्सिलोनाबाट ७३१ खेल खेल्दै ६३४ गोल गरेका छन। उनले क्लबबाट ३४ मुख्य उपाधि जितेका छन। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि सामेल छ।

त्यसबाहेक मेस्सीले बार्सिलोनामा राखेका कीर्तिमान-

- ला लिगाका सबैभन्दा बढी गोलकर्ता(४४४)

- सबैभन्दा बढी बालोन डी ओर/ फिफा विश्व वर्ष खेलाडी/वेष्ट फिफा मेन्स प्लेयर अवार्ड(६)

- एक क्यालेन्डर वर्षमा सबैभन्दा बढी गोलस्कोरर: २०१२ मा ७९ गोल

- १० सिजनमा लगातार ४० भन्दा बढी गोल गर्ने एक्ला खेलाडी

- च्याम्पियन्स लिगमा एउटै क्लबबाट सर्वाधिक गोल स्कोरर(११५)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad