ad ad

समाज


प्रदेश १ मा १०९ संक्रमित थपिए

प्रदेश १ मा १०९ संक्रमित थपिए

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १२:५१,

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०९ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामा २९ महिला र ८० पुरुष छन्। जसमा मोरङ र सुनसरीमा ४८–४८, झापामा आठ, खोटाङमा एक र प्रदेश बाहिरका चार जना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा दुई महिला ६ पुरुष, ग्रामथानमा एक महिला पाँच पुरुष, बेलबारीमा एक महिला दुई पुरुष, बुढीगंगामा दुई पुरुष, रंगेलीमा एक पुरुष, जहदामा एक महिला र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो।

मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको दुहवीमा दुई महिला १४ पुरुष, इटहरीमा चार महिला चार पुरुष, भोक्राहानरसिंहमा छ पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, बराहक्षेत्रमा तीन पुरुष, इनरुवामा एक महिला दुई पुरुष, धरानमा तीन महिला, बराहक्षेत्रमा तीन पुरुष, गढीमा एक पुरुष र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै, झापाको भद्रपुरमा एक महिला तीन पुरुष, कमलगाउँपालिकामा एक महिला एक पुरुष, दमक र गौरीगञ्जमा एकएक पुरुष, खोटाङको दिक्तेलामा एक पुरुष र प्रदेश बाहिरका एक महिला र तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसप्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ८३२ पुगेको छ भने आज ४९ जना निको भएर घर फर्केका छन्। हालसम्ममा यस प्रदेशमा निको भएर घरफर्कनेको संख्या एक हजार ३३२ पुगेको छ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा दुई हजार ३९ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्ममा कुल ८० हजार ७४५ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .