प्रहरीले अवैध लागुऔषध अफिम कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने वर्ष २२ को दिलीप विश्वकर्मा र दोलखाको भिमेश्वर नगरपालिका–६ स्थायी घर भई सोही ठाउँ बस्ने वर्ष १८ को प्रमिला राउत रहेका छन्।
गोप्य सूचनाका आधारमा प्रहरीले बिक्री वितरण गर्ने उद्देश्यले तारकेश्वरको शेषमति सानोपुल नजिक शंकास्पद रुपमा पछाडी भिर्ने कालो झोला बोकी हिँडिरहेको अवस्थामा दिलीपको झोला खानतलासी गर्दा सो साढे ६ केजी अफिम फेला परेको हो।
महानगरीय अपराध महाशाखाले सो पदार्थ गाउँबाट १ लाख पचास हजार रुपैयाँ प्रति केजीका दरले ल्याउने र ८ लाख रुपैयाँ प्रति केजीको दरले वेच्न खोजेको बुझिएको जनाएको छ।

प्रतिक्रिया