कारोबार


क्वालालम्पर–काठमाडौं पाँचवटा चार्टर्ड उडान हुने

क्वालालम्पर–काठमाडौं पाँचवटा चार्टर्ड उडान हुने

नेपालखबर
भदौ ८, २०७७ सोमबार ११:४६,

क्वालालम्पर–काठमाडौं पाँचवटा चार्टर्ड उडान हुने भएको छ। मलेसियाको नेपाली दूतावासले उद्धार उडान पुनः सुचारु हुने बताएको हो।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अगस्ट १८ मा क्वारेन्टिन व्यवस्थापन गर्न नसकिएको भन्दै टिकट काटेका नेपाली समेत ल्याउन नपाउने गरी चार्टर्ड उडान बन्द गरेको थियो। सरकारले फेरि टिकट काटेका नेपालीलाई चार्टर्ड उडानमार्फत ल्याउने निर्णय गरेको छ।

यसअनुसार मलेसियाबाट आउँदो शुक्रबार अर्थात् अगष्ट २८ मा हिमालय र नेपाल एयरलाइन्सका गरी दुई उडान हुनेछ भने आइतबार अर्थात् अगष्ट ३० मा हिमालय, नेपाल एयरलाइन्स र मलिण्डो एयरले १÷१ वटा उडान भर्ने दूतावासले जनाएको छ।

दूतावासले यसअघि अगष्ट १९, २० र २१ मा हुने उडानमार्फत घर फर्किन टिकट लिइसकेका यात्रुलाई आफ्नो एयरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गरी आफ्नो उडान सुनिश्चित गर्न अनुरोध गरेको छ।

चार्टर्ड उडानमार्फत नेपाल आउनेले सात दिन भित्रको कोभिड १९ पीसीआर नेगेटिभ रिपोर्ट देखाए मात्र नेपाल फर्किन पाउनेछन्। नेपाल वायुसेवा निगमको जहाजले दुवईबाट पनि टिकट काटिसकेका नेपाली आइतबार नेपाल ल्याएको छ।

सरकारले भदौ १५ पछि नियमित उडान गरी विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउने तयारी गरिरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक ५ सय यात्रुसम्म ल्याउनसक्ने गरी उडान तालिका निर्माण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad